यस्तो छ कांग्रेसको चुनावी घोषणापत्र

नेपाली कांग्रेसले नेपालको संविधानको व्यवस्था र संविधानको अपनत्व लिँदै जनतालाई एउटा निश्चित अवधिभित्रै आफ्नो जीवनमा सकारात्मक परिवर्तन हुँदै गएको महसुस गराएर समतामूलक समाज निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास दिलाएको छ ।

कांग्रेसले अब राजनीतिक मुद्दाकै खिचातानीमा अल्झने र प्राप्त अवसरलाई गुमाउने सुविधा तथा समय नभएको उल्लेख गर्दै संविधानसभामार्फत जारी भएको संविधानको रक्षा र संस्थागत विकास गर्दै हासिल गरेका ऐतिहासिक उपलब्धिलाई जोगाएर देशलाई अगाडि बढाउने विषयमा पार्टीको प्रष्ट र दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।

कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । ‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणापत्रमा पार्टीको गौरवशाली इतिहास र आदर्शलाई स्मरण गर्दै संविधानले जनतासँग वाचा गरेको समुन्नतिको आधार निर्माण गर्ने, समुन्नत नेपालको जग बसाल्ने उल्लेख गरेको छ ।

“समुन्नत नेपाल कुनै एक व्यक्तिको चमत्कारले होइन, सबै नागरिकको सामूहिक प्रयत्नले डो¥याउने उज्यालो भविष्यतिरको सुनौलो यात्रा हो । समुन्नत नेपालको केन्द्रमा केवल कोरा आर्थिक विकास र भौतिक संरचना मात्रै होइन, नेपाली जनताको समग्र मानव विकासको वृहद् अवधारणा अन्तर्निहित छ”, घोषणापत्रमा उल्लेख छ । समुन्नत नेपाल नागरिकलाई सबल, सक्षम र स्वतन्त्र बनाई देशलाई सम्पन्न बनाउने कांग्रेसको अवधारणा छ ।

कांग्रेसले अवलम्बन गर्ने नीतिमा अबको दशक नेपालको समुन्नति र सम्पन्नताको दशक हुनेछ । प्रष्ट मार्गचित्रका साथ समुन्नतिको यही राष्ट्रिय सङ्कल्पको कार्यान्वयनमा आफूलाई समर्पित गर्ने कांग्रेसको वाचा छ । कहाँ पुग्ने र कसरी पुग्ने भन्ने विषयमा अब कुनै द्विविधा नरहेको घोषणापत्रमा उल्लेख छ ।

समुन्नतिका आर्थिक–सामाजिक आधार

आजभन्दा भोलि र भोलिभन्दा पर्सि झन् उन्नत बनाउँदै लैजाने निरन्तर अभियानको नेतृत्व कांग्रेसले गर्ने उल्लेख गर्दै नागरिकको ज्ञान, सीप र क्षमतामा वृद्धि गरी तिनको जीवनस्तर उकास्ने, अन्ततः तिनका मुहारमा खुसी र आशाको उज्यालो ल्याउने साझा प्रयत्नले नै समुन्नति हासिल हुने घोषणापत्रमा उल्लेख छ ।

कांग्रेसले गुणस्तरीय शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र नागरिकको समग्र क्षमता र सिर्जनशीलतालाई उत्प्रेरित गर्ने पूर्वाधारको निर्माण संवैधानिक र नैतिक दायित्वमात्र होइन, त्यस्ता नागरिक नभई मुलुकको सम्पन्नता सम्भव नहुने उल्लेख गरेको छ । सक्षम र सृजनशील नागरिकले मात्र राष्ट्र निर्माणमा योगदान दिने सामथ्र्य राख्ने हुँदा कांग्रेले आगामी एक दशकमा सामाजिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने लक्ष्य राखेको छ । कांग्रेस उत्पादनशील र अधिकतम रोजगारी सिर्जना गर्ने भौतिक पूर्वाधारको निर्माणमा विश्वास राख्दछ । यो नीतिलाई स्थानीय तहदेखि नै अवलम्बन गरिने छ । सबै नागरिकलाई कुनै न कुनै उद्यममा जोडेर नतिजाको असमानताभन्दा पनि अवसरको असमानतामा विशेष ध्यान दिने कांग्रेसको भनाइ छ ।

कांग्रेसले लिने नीतिले उत्पादन र वितरणलाई समान प्राथमिकता, समावेशी आर्थिक वृद्धि, आर्थिक कूटनीतिमार्फत वैदेशिक सहयोग अभिवृद्धि र आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्नेछ । यसैगरी गरिब, विपन्न, किसान, मजदुर, समाजमा पिछडिएका तथा वञ्चितीकरणमा परेका सीमान्तकृत समुदायको उत्थान र विकासलाई विशेष प्राथमिकता दिने घोषणापत्रमा उल्लेख गरेको छ ।

कांग्रेसको विकासको मोडेल जनतामुखी, दिगो र वातावरणमैत्री हुनेछ । फराकिलो समुन्नति र आर्थिक सामथ्र्यको हाम्रो सोचको नेपाल आगामी दशकमा एउटा उद्यममैत्री, मध्यमआय भएको समन्यायिक मुलुक हुनेछ जहाँ चरम गरिबी एक अङ्कमा सीमित हुनेछ ।

कनेक्टिभिटीसँग सम्बन्धित पूर्वाधारहरु ९सडक, हवाई, रेल, जल, ऊर्जा र डिजिटल सञ्जाल० मा बहुपक्षीय लगानी जुटाई झन्झटिला ऐन, नियम, प्रक्रियाहरूमा समय तोकेरै शृङ्खलाबद्ध सुधार गरेर समग्र उत्पादनको लागत घटाउने, तुलनात्मक लाभका क्षेत्रलाई प्रतिस्पर्धी बनाउँदै बर्सेनि अधिकतम सङ्ख्यामा सम्मानजनक रोजगारी सिर्जना गर्ने उच्च प्राथमिकता रहने कांग्रेसले जनाएको छ ।

जलवायु–अनुकूल उत्पादनको स्रोत तथा गन्तव्यका रूपमा परिचित हुन ऊर्जाका सबै मागहरु जलविद्युत् तथा स्वच्छ ऊर्जाका अन्य स्रोतको परिचालनबाट पूर्ति गर्ने कांग्रेसको लक्ष्य छ । साथै सूचना प्रविधिकरणको विस्तारले उत्पादनको नयाँ तौरतरिका अँगाल्न प्रेरित र सक्षम तुल्याउने लक्ष्य हो । एक्काइसौँ शताब्दीका नजिकका ठूला अर्थतन्त्र (भारत, चीन, मध्यपूर्व र दक्षिणपूर्व एशिया) सँगको सामिप्यलाई आधार मान्दा नेपाललाई अब २०औँ शताब्दीको भूपरिवेष्ठित, विश्व–बजारबाट अलग्गिएको अर्थतन्त्रका रूपमा लिन नमिल्ने कांग्रेसको भनाइ छ ।

कांग्रेसले नेपाललाई वैदेशिक लगानीको आकर्षक गन्तव्य बनाई नागरिकको जीवनस्तरलाई उकास्न हरदम प्रयत्नशील रहने देशभक्तिको राजनीतिमा विश्वास गरेको छ । पार्टीले गैरआवासीय नेपालीलाई आफू जन्मिएको, हुर्किएको गाउँ तथा नगरले लिएका आर्थिक–सामाजिक पहलमा सहकार्य गर्न उत्प्रेरित गर्ने र त्यसका लागि आवश्यक नीति र संयन्त्रको व्यवस्था गर्ने जनाएको छ । वैदेशिक रोजगारको विकल्प नबन्दा झन्डै तीन करोड जनसङ्ख्या भएको अर्थतन्त्रको तुलनामा विप्रेषणको आकार लगभग २५ प्रतिशत हुनु उल्लेख्य छ । अर्को दश वर्षमा यसलाई १०–१५ प्रतिशत विन्दुले घटाउन कांग्रेसले महत्वाकांक्षी पहल लिने जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित