बडिगाड गाउँपालिकाले तलब कटौती गरिदिएपछि शिक्षक–कर्मचारी आन्दोलनमा

बडिगाड । आफूले खाइपाई आएको तलब गाउँपालिकाले कटौति गरेपछि बडिगाडका शिक्षक कर्मचारी आन्दोलनमा उत्रेका छन् । संघीय सरकारले दिँदै आएको तलबमा पालिकाले गतवर्षसम्म थप गरेर तलब भुक्तान गरेपनि यस आर्थिक वर्षमा कटौति गरेपछि उनीहरुले आन्दोलित भएका हुन् ।

संघीय सरकारले उपलब्ध गराउने तलबमा थप भएको तलब नभई गतवर्षकै सरह तलब यस आर्थिक वर्षमा भुक्तानी दिएपनि बालविकास सहजकर्ता, कर्मचारी र लेखापालले विरोध जनाएको पालिकाका कार्यवाहक शिक्षा शाखा प्रमुख कुलराज घिमिरे जानकारी दिए ।

बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले आन्तरिक स्रोतको आम्दानी कम भएपछि पालिकाले शिक्षक कर्मचारीलाई थप तलब दिन नसकेको बताएकी छन् ।

“वर्तमान सरकारले खर्चमा मितव्यायी अपनाउन भनेको छ । गाँउपालिकाको आन्तरिक आम्दानी बढ्न सकेको छैन ।” अधिकारीले भनिन् “हामिले उहाँहरुलाई अघिल्लो संघीय सरकारले बढाएको तलब यो वर्षको पहिलो त्रैमासिकमा भुक्तान गर्न नसकेकै हो । आउँदो हिउँदे अधिवेशनमा उहाँहरुसँगकै छलफबाट यो विषय समाधान गर्ने गरिसहमति भएको छ ।”

यसैबिच शिक्षक कर्मचारीहरुको विरोधमा सहमति जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाड गाँउपालिकाले पालिकाका शैक्षिक गतिविधिमा बडिगाड गाँउपालिकाको ध्यानाकर्षण गराएको छ ।

संगठनका अध्यक्ष पुर्णपति कँडेल र सचिव बुद्धिबल चालिसेद्धारा जारी प्रेस विज्ञप्तिमा शिक्षकलाई दिने भनिएको मासिक तलबको प्रतिबद्धता कार्यान्वयन सहित बढेको तलबको अविलम्व व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै शिक्षा अधिकृतको व्यवस्था गरी शिक्षक छनोटका लागि तय गरिने विज्ञ टोली र छनोट प्रकृया पारदर्शी बनाउनुपर्ने लगायतका माग राख्दै पालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

बडिगाड गाँउपालिकामा केन्द्रबाट संचालित ५१ र २५ वटा सामुदायबाट संचालित बालविकास तथा एउटा सिकाई केन्द्र, ६५ कार्यालय सहयोगी तथा माध्यमिक विद्यालयमा १५ जना लेखापाल कार्यरत छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित