अस्ट्रेलियामा सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौं । अस्ट्रेलियामा सवारी दुर्घटनामा एकै परिवारका तिन नेपालीको मृत्यु भएको छ । आमा, बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो । हजुरआमा भने बाँच्न सफल भएको समाचारमा उल्लेख छ ।

भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको मृत्यु भएको हो । कारका चालक ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला र तीन वर्षीय एक बालकको दुर्घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुनेहरू एकै परिवारका बाबु, आमा र छोरा हुन् । घाइते मृतक महिलाकी आमा रहेको समाचारमा उल्लेख छ ।

घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

उनीहरूसँगै अर्को कारमा परिवारका अन्य सदस्यसमेत सवार रहेको र उनीहरूले केही पछिमात्र घटनाबारे जानकारी पाएका थिए ।

ट्रक चालक भने सामान्य घाइते भएका छन् । दुर्घटनापछि भिक्टोरियाका वाणिज्य दूत नीराजन गौलीले नीकै पीडादायक घट्ना घटेको बताएका छन् । एकै परिवारका तीन सदस्यको निधन भएको र एक जनाको उपचार भइरहेको उनले पुष्टि गरेका छन् ।

उपचारार्थ महिलाको अवस्था स्थिर रहेको र उनको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।

एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले परिवारसँग सम्पर्क भइरहेको र आफूहरू आवश्यक सहयोगको लागि तयार रहेको समेत बताए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित