बर्दी खोल्न लगाई प्रहरीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौं महानगरपालिका–३२, जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ रहेका छन् ।

प्रहरीका अनुसार, उनी विभिन्न स्थानहरूमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न थिए । जिल्ला प्रहरी परिसरले आइतबार विज्ञप्ति जारी गर्दै उनले प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी र प्रहरी टोलीमाथि आक्रमण समेत गरेको जनाएको छ । बर्दी खोल्न लगाई वाग्मती खोलामा सांघातिक आक्रमण गर्ने, कर्तव्य पालनमा खटिएका प्रहरीको हतियार तथा गोलीगठ्ठा लुटपाट गर्ने कार्यमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा आठ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित