भेप सुन प्रकरण : पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

संगठित अपराध र भन्सार ऐन बमोजिमको कसुरअन्तर्गत उनीविरुद्ध पूरक अभियोगसहित मुद्दा दायर भएको थियो ।​

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत आइतबार महरालाई उनकै निवासबाट पक्राउ गरेको थियो ।

भेपमार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महराको बयान मंगलबार नै सकिएको थियो । मंगलबार बिहान १० बजेदेखि शुरू भएको बयान साँझ अबेर सकिएपछि आज थुनछेक बहससँगै आदेश भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित