वासिङ्टन पोस्टले सार्वजनिक गर्यो विपिन जोशीसहित २२ जना जिवित रहेको सूची

काठमाडौं । इजरायलले हालसम्म गाजामा रहेका ४८ जना बन्धकमध्ये २२ जना अझै जीवित रहेको विश्वास गरेको छ । वासिङ्टन पोस्टको समाचारअनुसार जीवित रहेको विश्वास गरिएकाहरूको सूचीमा नेपालका विपिन जोशीको पनि नाम छ ।

जीवित रहेको अनुमान गरिएका बन्धकमध्ये इजरायली सैनिक, विद्यार्थी तथा नेपालका विपिन जोशी पनि रहेको समाचारमा जनाइएको छ । जोशी कृषि अध्ययनका लागि नेपालबाट इजरायल पुगेका बेला हमासको अपहरणमा परेका थिए ।

गाजा युद्धविरामअन्तर्गत बाँकी बन्धकहरू अबको ७२ घण्टाभित्र रिहा हुने अपेक्षा गरिएको छ । बन्धकको रिहाइको सट्टामा इजरायलले करिब २ हजार प्यालेस्टाइनी बन्दीहरूलाई मुक्त गर्नेछ ।

इजरायलमा बन्धकहरूका परिवारहरूले उनीहरूको सुरक्षित रिहाइको लागि लगातार दबाब दिइरहेका छन् । समाचारअनुसार इजरायलले कम्तीमा २५ जना बन्धकहरू अक्टोबर ७ मा वा बन्धक अवस्थामै मारिएका पुष्टि गरेको छ । बाँकी बन्धकमध्ये कति जीवित छन् भन्ने स्पष्ट छैन । तर २२ जना जीवित रहेको विश्वास इजरायलको छ ।

जिवित रहेकाहरूको सूची

१. मटन आङ्रेष्ट (२२)

इजरायली सैनिक, दक्षिण इजरायलको ट्याङ्कबाट अपहरण । चार सन्तानमध्ये जेठा ।

२–३. गाली बर्मन र जिभ बर्मन (२८)

जुम्ल्याहा दाजुभाइ, कफर आजा किब्बुत्जबाट अपहरण । बन्धक अवस्थामै अलग राखिएको जानकारी प्राप्त ।

४. एल्काना बोहबोट (३६)

नोभा संगीत महोत्सवबाट अपहरण । उनले परिवारसँगको भिडियो सन्देशहरूमा सहयोग माग्दै रोएका दृश्यहरू सार्वजनिक ।

५. रोम ब्रास्लाभ्स्की (२१)

सुरक्षा गार्ड, नोभा महोत्सवमा काम गर्दै गर्दा अपहरण । दुवै हातमा चोट, पछि इस्लामिक जिहादले कमजोर अवस्थामा रहेको भिडियो सार्वजनिक गरेको ।

६. निम्रोड कोहेन (२१)

सैनिक, ट्याङ्कबाट अपहरण । उनको परिवारले पासोभर पर्वको हग्गादाह पुस्तक चित्रण गरेर उनको सम्झना मनायो ।

७. एरियल कुनियो (२८)

प्रेमिका आर्बेल येहुदसँगै निर ओज किब्बुत्जबाट अपहरण । उनकी प्रेमिका जनवरीमा रिहा भइन् ।

८. डेविड कुनियो (३५)

एरियलका दाजु । श्रीमती र दुई छोरीसँगै अपहरण, तर श्रीमती र छोरीहरू नोभेम्बरमा रिहा ।

९. एभ्यातार डेभिड (२४)

नोभा महोत्सवबाट अपहरण । उनले आफ्नो चिहान खन्न बाध्य गरिएको भिडियो सार्वजनिक भएपछि देशव्यापी प्रदर्शन ।

१०. गाय गिल्बोआ-दालाल (२४)

डेभिडसँगै अपहरण । दुईवटा भिडियोमा देखापरेका छन्, जसमा उनीहरू रिहाइ माग्दै गरेका देखिन्छन् ।

११. माक्सिम हार्किन (३७)

युक्रेनमा जन्मेका, इजरायलमा बसोबास । पहिलोपटक नोभा महोत्सवमा भाग लिँदा अपहरण । एक ३ वर्षीया छोरीका पिता ।

१२. एइतान होर्न (३८)

कफर साबाका मूल निवासी, दाजुसँग निर ओजबाट अपहरण । दाजु पछि रिहा भए, उनी अझै बन्धक ।

१३. विपिन जोशी (२४)

नेपालका नागरिक, इजरायलमा कृषि अध्ययनका लागि आएका विद्यार्थी । अलुमिम किब्बुत्जबाट अपहरण । १७ जना नेपाली विद्यार्थीमध्ये १० जना मारिएका थिए । उनको दिदी पुष्पा रिहाइका लागि निरन्तर अभियान चलाइरहेकी छन् ।

१४. सेगेभ काल्फोन (२७)

नोभा महोत्सवबाट अपहरण । मानसिक स्वास्थ्य समस्याका कारण परिवार चिन्तित ।

१५. बार कुपरस्टाइन (२३)

सुरक्षा गार्ड, घाइतेहरूलाई उद्धार गर्ने क्रममा अपहरण । परिवारका लागि मुख्य आर्थिक सहारा ।

१६. ओम्री मिरान (४८)

नहाल ओज किब्बुत्जबाट अपहरण । परिवारलाई हमासले फेसबुक लाइभमा देखाएको थियो ।

१७. एइतान मोर (२५)

नोभा महोत्सवमा सुरक्षा गार्ड । उनका आमाबुबाले सैन्य दबाबमार्फत उद्धार अभियानमा जोड दिएका छन् ।

१८. तामिर निम्रोडी (२०)

गाजाको उत्तरी नाका एरेजमा मानवीय सहायता टोलीसँग खटिएका सैनिक । दुई सहकर्मी मारिएका थिए ।

१९. योसेफ-खाइम ओहाना (२५)

नोभा महोत्सवमा बारटेन्डर । अन्यलाई भाग्न सहयोग गर्ने क्रममा अपहरण ।

२०. अलोन ओहेल (२४)

जर्मन र सर्बियाली नागरिकता समेत भएका । नोभा महोत्सवमा मोबाइल बंकरबाट अपहरण । साथी हर्श गोल्डबर्ग पोलिन २०२४ मा मारिए ।

२१. अविनातन ओर (३२)

नोभा महोत्सवमा प्रेमिका नोआ अरगामानीसँग अपहरण । डोन्ट किल मी१ भन्दै रोएको उनको भिडियो विश्वभर चर्चित ।

२२. मटन जाङगाउकर (२५)

निर ओज किब्बुत्जबाट अपहरण । प्रेमिका इलाना ग्रिट्जेभ्स्की पछि रिहा भइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित