बागलुङ बजार सिसी क्यामेराविहीन

बागलुङ । वि.स .२०७१ मा बागलुङ बजारमा जडान गरेका २९ सिसी क्यामेरा अहिले प्रयोगमा छैनन् ।

बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका ति सिसी क्यामेरा समयमै मर्मत सम्भार नहुँदा काम नलाग्ने भएका हुन् ।

विसं २०७५ मा २९ मध्ये १६ सिसी क्यामेरा बिग्रिएका थिए भने अहिले एउटा सिसी क्यामेरासमेत सञ्चालन नआउँदा जिल्ला सदरमुकामा सुरक्षा चुनौती बढेको छ । बागलुङ बजारमा चोरी डकैतीका घटना बढ्न थालेपछि नियन्त्रका लागि अत्यावश्यक बनेको सिसी क्यामरा नहुँदा समस्या छ । अपराध निरन्त्रणका साथै चोरी डकैतीका घटना बाहिर ल्याउन तथा अदालतलेसमेत सिसी क्यामेराको दृश्यलाई भरपर्दो प्रमाणका रुपमा लिने गरिएको छ ।

सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सिसी क्यामेरा यथासक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने स्थानीय प्रशासनको माग छ । अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको भए पनि सिसी क्यामेरा बिग्रिएपछि नियन्त्रणकक्ष समेत प्रयोगमा आउन छोडेको छ ।

प्रविधिको प्रयोगसँगै बढ्दो अपराध निरन्त्रण गर्न सिसी क्यामेरा अहिलेको अनिवार्य आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । ‘सिसी क्यामेरालाई आधार मानेर ठूला–ठूला जघन्य अपराधको अनुसन्धान गरिएको हुन्छ, हालै बागलुङमा फूलमाया माझीको हत्या विद्यालयको सिसी क्यामेराका आधारमा किनारा लगाउन सकियो’, ज्ञवालीले भने, ‘सिसी क्यामेरा नहुँदा सुरक्षामा प्रभाव परेको छ, दुर्घटना नियन्त्रण र दुर्घटनापछिको अनुसन्धान छुट्टाउन भूमिका सिसी क्यामेराको हुन्छ ।’

ज्ञवालीका अनुसार अहिले बागलुङ उद्योग वाणिज्यसङ्घले सिसी क्यामेरा जडान गर्न सर्वे गरेको जनाएको छ । सिसी क्यामेराको प्रमुख व्यवस्थापक रहेको बागलुङ उद्योग वाणिज्य सङ्घले विग्रिएका सिसी क्यामेरा पुरानो मोडेलका भएको र नयाँ विद्युत्का पुलोमा केबल सहितको विद्युतीकरण गरी नाङ्गो विद्युतीय तारमुक्त बागलुङ बजार बनाउनका लागि दुई वर्ष सिसी क्यामेरा जडान गर्न नसकेको जनाएको छ ।

सङ्घका अध्यक्ष नरेश कँडेलले २०७१ सालमा जडान गरिएका सिसी क्यामेरा बिग्रेको बताए । अध्यक्ष कँडेलले भने, ‘क्यामेरा जडानका लागि बागलुङ नगरपालिकाले रु १५ लाख विनियोजन गरेको छ, हाम्रो लागत ४२ लाख हो, सिसी क्यामेरा राख्दै जाने, व्यवसयासी र बैंकर्सबाट सहयोग समेत उठाउने लक्ष्य छ ।’

बागलुङ नगरपालिकाले बागलुङ बजारमा सिसी क्यामेरा जडानका लागि तगारुकता देखाएर बजेट विनियोजन गरेको बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए। अहिले जोड्ने भनिएका क्यामेरा बागलुङ बजार, रामरेखा, उपल्लाचौरदेखि कुडुँलेसम्म जडान गरिने गरी अध्ययन गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित