सर्लाहीमा स्कारपियोको ठक्करबाट दुईको मृत्यु, एक घाइते

काठमाडौं । सर्लाहीमा भारतीय नम्बरको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

शुक्रबार राति करिब ८ बजे ब्रहम्पुरी गाउँपालिका–५ स्थित हुलाकी सडकखण्डमा पर्साबाट भेल्हीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट एमएच ०४ डीजे १२९७ को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्र.३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा परेर ब्रहम्पुरी–२ का २३ वर्षीय अंकित चौधरी र २५ वर्षीय रोहित सहनीको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। त्यस्तै, २३ वर्षीय शिवशंकर पण्डितको बारा स्थित न्युरो अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन् भने स्कारपियो चालक फरार भएकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित