प्रधानमन्त्रीबाट राजीनामा दिएपछि कहाँ भागे ?

काठमाडौं । प्रधानमन्त्रीबाट राजीनामा दिनासाथ केपी ओलीले बालुवाटारस्थित सरकारी निवास छाडेका छन् । नेपाली सेनाको हेलिकोप्टर चढेर ओली बालुवाटारबाट भागेका हुन् ।

बालुवाटारबाट दिउँसो २ बजे १४ मिनेट जाँदा सेनाको हेलिकोप्टरबाट महाराञ्जस्थित सेनाको भैरव गणतर्फ उडेका हुन् । ओली निस्किएपछि प्रदर्शनकारीहरुले बालुवाटार प्रवेश गरेर कब्जा गरेका छन् ।

भैरवगणबाट भैरहवा हुँदै भारततर्फ भागेको स्रोतहरुको दाबी छ । भैरहवास्थित एमालेका एक नेताका अनुसार ओली सेनाको हेलिकोप्टरबाट भैरहवा पुगेका हुन् ।

भैरहवाबाट राति भारत जाने अनुमान गरिएको छ । तर कतिपयले भने ओली महाराजगञ्जस्थित सेनाको गणमै रहेको बताएका छन् ।

भदौ २३ गते जेनजीले राजधानी लगायत देशभरका विभिन्न स्थानमा गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले अमानवीय दमन गर्दा १९ जनाको मृत्यू भएको थियो भने सयौं घाइते भएका थिए । सरकारको दमनपछि आक्रोशित जेनजी पुस्ताले मंगलबार देशैभर तोडफोड र आगजनी गरेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित