गलकोटमा इलाका प्रशासन कार्यालय चाँडै खोलिन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको गलकोट नगरपालिकामा सर्वदलीय र सर्वपक्षीय मागबमोजिम ईलाका प्रशासन कार्यालय खोलिने विश्वास दिलाएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बागलुुङको सर्वदलीय र सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यथाशक्य छिटो गलकोटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव लगिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिमण्डलमा सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका सचिव देवेन्द्र पौडेल, नेकपा (एमाले) का सङ्घीय सांसद देवीप्रकाश भट्टचन, जनमोर्चा नेपालका सङ्घीय सांसद तुलप्रसाद विश्वकर्मा, गण्डकी प्रदेशसभाका सदस्यहरु जितबहादुर शेरचन, द्रोण कुँवर, दिलमाया पौवी, संविधानसभामा सदस्यहरु मनकुमारी जिसी, निरज पुन, नेकपा (एमाले) का केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसे, गलकोट नगरपालिकाका कार्यबाहक प्रमुख फमलाल निउरेलगायत थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित