अमेरिकाले नेपाली सेनालाई दियो दुईवटा स्काइ ट्रक, दुईवटा हेलिकप्टर पनि दिने

काठमाडौं । अमेरिकी सेनाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक दिएको छ। वैदेशिक सहायता कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाली सेनालाई एयर एम्बुलेन्ससहित दुईवटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको हो।

अमेरिकाले पूर्ण अनुदानमा सहयोग स्वरूप प्रदान गरेको नेपाली सेनाले जानकारी दिएको छ। बिहीबार गौचरस्थित मध्य एयर वेशमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको प्रमुख आतिथ्य आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसनले प्रधान सेनापति अशोकराज सिग्देललाई स्काई ट्रक हस्तान्तरण गरेका हुन्।

अमेरिकी सेनाले प्रदान गरेका स्काई ट्रक सैनिक प्रयोजन, विपद् व्यवस्थापन र तथा विभिन्न आपतकालिन उद्धारका लागि प्रयोग हुने सेनाले जनाएको छ।

कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिइन्।

सोही अवसरमा नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसनले हस्तान्तरण गरिएका दुईवटा स्काई ट्रकहरूले दुई देशबीच रहँदै आएको मैत्रिपूर्ण सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको बताए। निकट भविष्यमा सहयोग स्वरूप थप २ वटा बेल हेलिकोप्टर प्रदान गर्ने योजना रहेको समेत उनले बताएका छन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित