चन्द्रकुवेर खापुङ आईजी बनेकै दिन एआईजी कृष्णहरि शर्माको बिदाइ

काठमाडौं । सरकारले चन्द्रकुवेर खापुङलाई आईजीपीमा नियुक्त गरेको दिन ब्याची कृष्णहरि शर्मा पोखरेल बिदाइ भएका छन् ।

शुक्रबार दिउँसो प्रहरी प्रधान कार्यालयले एआईजी कृष्णहरि शर्मा पोखरेललाई बिदाइ गरेको हो । पोखरेल एआईजीको उमेर हदका कारण भोलिबाट अनिवार्य अवकास हुने भएका हुन्। भोलि शनिबार भएकाले शर्मालाई अघिल्लो दिन नै बिदाइ गरिएको हो।

खापुङ र शर्मा २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। एआईजी पनि गत वैशाखमा सँगै भएका थिए। डीआईजी भने शर्माभन्दा पहिले खापुङ बनेका थिए।

पोखरेल पनि अवकास हुने भएकै कारण भावी आईजीपीका लागि खापुङ आफ्नो ब्याचबाट एक्ला उम्मेदवार थिए। अरु एआईजीहरू उनीभन्दा जुनियर हुन्। सरकारले वरिष्ठतम एआईजीलाई नै आईजीपी नियुक्त गरेको हो।

शर्माको बिदाइमा भावी आईजीपी खापुङसहित, आईजीपी दीपक थापा र एआईजी तथा डीआईजीहरू उपस्थित थिए। बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवानिवृत्त हुन लगेका शर्मालाई मायाको चिनो प्रदान गरे।

उनले प्रहरीमा गरेको योगदानको पनि थापाले प्रशंसा गरे। आईजीपी थापा पनि आगामी बुधबार अवकास हुनेछन्। आईजीपी थापासँगै उनका ब्याचका एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी अवकास हुनेछन्।

उनीहरु ३० वर्षे सेवा अवधिका कारण अवकास भएका हुन्। शर्मा भने उमेर हदका कारण ३० वर्षे सेवा अवधि पूरा हुनु अढाइ महिना पहिले नै अवकास भएका हुन्।

खापुङले बिहीबारदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन्। आगामी कात्तिक २७ गतेसम्म उनले प्रहरी संगठनको नेतृत्व गर्नेछन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित