भदौ १८ गतेदेखि निजी विद्यालय बन्द गर्ने सञ्चालकको घोषणा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले भदौ १८ गतेदेखि अनिश्चित कालिन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

विद्यालय शिक्षा विधेयक सच्याउन माग राख्दै आन्दोलनरत निजी विद्यालयहरुको छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले बिहीबारसंयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै भदौ १८ गते देखि विद्यालय बन्द गर्ने जनाएका हुन्।

निजी विद्यालय सञ्चालकहरुले निजी विद्यालयल गैरनाफा मूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन्।

विद्यालय सञ्चालकहरुले भदौ १२ गते बृहत खबरदारी सभा गर्ने,भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि तयारी बैठक गर्ने र भाद्र १६ गते देशैभरिका स्कूलबसहरूमा कालो झण्डा र व्यानर सहित परिक्रममा गर्ने धोषणा गरेका छन्। त्यस्तै १७ गते सम्म सरकारले आफूहरुको माग सम्बोधन नगरे भदौ १८ गते देखि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ ५ गते विद्यालय शिक्षा विधेयक पास गरी संसदमा दर्ता गरेको छ। जसमा निजी लगानीका विद्यालयहरूले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क, शिक्षा सामग्री, पोशाक, यातायात लगायत विद्यालयले दिने शुल्कमा पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ। आवासीय सुविधा भएका विद्यालयहरूले आवासीय क्षमताको ३ प्रतिशत बेड विपन्न वर्गलाई छात्रवृत्तिका रूपमा उपलब्ध गराउनुपर्नेछ।

विधेयकमा निजी विद्यालयहरूले दिने न्यूनतम १० प्रतिशत छात्रवृत्तिको कार्यान्वयन स्थानीय तहहरूले गर्ने र उनीहरूले आफ्नो क्षेत्र भित्रको निजी विद्यालयमा छात्रवृत्तिको कोटामा विद्यार्थीहरूको परीक्षा लिएर छनोट गरी विद्यार्थीलाई पठाउनुपर्ने प्रावधान राखिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित