नक्कली प्रमाणपत्र बनाउनेमा संलग्न रास्वपाका नेता कँडेल पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेल पक्राउ परेका छन्। उनले सञ्चालन गर्ने इन्स्टिच्युटले नक्कली प्रमाण पत्र किन्ने गरेको पाइएपछि रुपन्देही प्रहरीले पक्राउ गरेको डीएसपी सुरज कार्कीले बताए।

यसअघि भदौ १ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका -१ बेलहिया बसपार्कबाट भारतीय नागरिक २५ वर्षका अभिषेक यादव पक्राउ परेका थिए। उनको साथबाट नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुका नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम तथा स्टिकरहरु प्रहरीले बरामद गरेको थियो।

उनले प्रहरीसँग ती कागजात तथा सामाग्री कँडेलले माग गरेको बयान दिएका छन्। त्यसपछि उक्त कार्यालयका सञ्चालक चितवनको कालिका नगरपालिका ५ बस्ने ५० वर्षका हरिप्रसाद कँडेललाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ। उनलाई बिहीबार पक्राउ गरेर रुपन्देही लगिसकिएको छ।

कँडेलले माग गरेपछि भारतीय नागरिकले ती प्रमाण पत्र भारतमै छापेर नेपाल ल्याएको खुलेको छ। चितवनको लायन्स चोकमा कार्यालय खोलेका कँडेलले नक्कली प्रमाणपत्र किनबेच गर्ने गरेको पाइएको हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित