बुर्तिबाङ । बागलुङको निसीखोलामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की १९ वर्षीया कृष्णकुमारी चन्दको करेन्ट लागेर मृत्यु भएको हो ।
सोमबार साँझ मोबाइल चार्ज गर्ने क्रममा नाङ्गो तारमा छुदाँ करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते भएकी चन्दलाई बुर्तिबाङ प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको थिए ।






































