काठमाडौं । विगत केही दिनदेखि लगातार घट्दै आएको सुनको मूल्य आज बढेको छ। सुनको मूल्य आज तोलामा आठसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार तोलामा ६ सय घटेको सुनको मूल्य आइतबार थप सातसय रुपैयाँ घटेको थियो। गत साताका पाँच दिन लगातार घटेको सुनको मूल्य बिहीबार थोरै बढेको थियो।
सुनको भाउ आज तोलाको एक लाख ९६ हजार तीनसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार पाँचसय रुपैयाँ थियो।
यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको मूल्य ३ हजार नौसय रुपैयाँ घटिसकेको छ।
आज चाँदीको मूल्य पनि थोरै बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुईहजार तीन १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।




























