भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालद्वारा ग्यास्ट्रोएन्टेरोलोजी र न्युरोलोजीमा अत्याधुनिक उपचार सेवा विस्तार

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले नेपाली बिरामीहरूका लागि ग्यास्ट्रोएन्टेरोलोजी (पाचन प्रणाली) र न्युरोलोजी (स्नायु प्रणाली) सम्बन्धी अत्याधुनिक उपचार सेवाहरू विस्तार गरेको छ।

शनिबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा अस्पतालका वरिष्ठ चिकित्सकहरूले नयाँ प्रविधि र उपचार पद्धतिबारे विस्तृत जानकारी दिएका हुन्।

कार्यक्रममा बोल्दै अस्पतालका सिनियर कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजी तथा हेपाटोलोजी डा. सञ्जय सिक्काले पाचन प्रणालीसँग सम्बन्धित जटिल रोगहरूको निदान र उपचारमा अपोलोले अपनाएका विश्वस्तरीय प्रविधिहरूबारे प्रकाश पारे।

उनका अनुसार अस्पतालले इन्डोस्कोपिक अल्ट्रासाउन्ड, ईआरसीपी, क्याप्सुल इन्डोस्कोपी, र स्पाइग्लास कोल्यान्जियोस्कोपी जस्ता उच्च गुणस्तरीय निदान तथा उपचारात्मक सेवाहरू उपलब्ध गराउँदै आएको छ।

डा. सिक्काले भने, ‘हामीसँग दक्षिण एसियाकै सबैभन्दा ठूलो विशेषज्ञ ग्यास्ट्रोएन्टेरोलोजिस्टहरूको सञ्जाल छ र हामी जटिलभन्दा जटिल प्रक्रियाहरू र उपचारका लागि परिचित छौँ।’

अस्पतालमा ग्यास्ट्रोएन्टेरोलोजी र जीआई सर्जरीका लागि २०० भन्दा बढी शय्या, अत्याधुनिक इन्डोस्कोपी सुइट र विश्वस्तरीय विशेषज्ञता उपलब्ध रहेको पनि उनले जानकारी दिए।

त्यसैगरी, अस्पतालका सिनियर कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. पि.एन. रेन्जेनले स्नायु प्रणालीसँग सम्बन्धित रोगहरूको उपचारमा भएको विकासबारे चर्चा गरे। उनले स्ट्रोक, छारेरोग (एपिलेप्सी), पार्किन्सन, मल्टिपल स्क्लेरोसिस, र माइग्रेन जस्ता रोगहरूको उपचारमा नयाँ प्रविधिले बिरामीको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउन सकिने बताए।

डा. रेन्जेनले भने, ‘पहिले उपचार नभएका भनिएका कतिपय न्युरोलोजिकल समस्याहरूको पनि अब सफल उपचार सम्भव छ। यदि सही समयमा नयाँ प्रविधिको प्रयोग गर्न सकियो भने बिरामीहरूले गुणस्तरीय जीवन बिताउन सक्छन्।’

अपोलो अस्पतालमा स्ट्रोक, डिस्किनेसिया, मायोप्याथी, मल्टिपल स्क्लेरोसिस, पार्किन्सन रोग, मायस्थेनिया ग्रेभिस, र ट्युमरजस्ता अन्य जटिल स्नायु रोगहरूको उपचारका लागि आवश्यक सबै पूर्वाधार र विशेषज्ञता रहेको उनको भनाइ थियो।

सन् १९८३ मा स्थापना भएको अपोलो अस्पतालले एसियाकै अग्रणी एकीकृत स्वास्थ्य सेवा प्रदायकको पहिचान बनाएको छ। अस्पतालले टेलिमेडिसिन, स्वास्थ्य बिमा, मेडिकल कलेज, र अनुसन्धान प्रतिष्ठानजस्ता विभिन्न सेवाहरू मार्फत एक बलियो स्वास्थ्य इकोसिस्टम निर्माण गरेको छ।

यसले नेपाली बिरामीहरूमाझ लामो समयदेखि विश्वास जित्दै आएको र नयाँ प्रविधि तथा उपचार विधिहरूले यो सम्बन्धलाई अझ प्रगाढ बनाउने अस्पतालका प्रतिनिधिहरूले विश्वास व्यक्त गरे।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित