कैलाली कारागार घटना : सीडीओपछि एसपी तानिँदै !

काठमाडौं। प्रहरी प्रधान कार्यालयले कैलाली प्रहरी प्रमुख एवं एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने भएको छ ।

बुधबार गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई यता बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ ।

गएको शुक्रबार राति कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । त्यसमा सुरक्षा समन्वयमा कमजोरी देखिएकाले सीडीओ र एसपी दुवैलाई तान्नुपर्ने अवस्था आएको गृह स्रोतको भनाइ छ ।

कैदीबन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो । बुधबार नै गृहले कैलालीको सीडीओमा दाङका प्रजिअ कृष्णप्रसाद लम्साललाई खटाएको छ । दाङमा अर्को सीडीओ पठाउने तयारी छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित