सिटी एक्सप्रेसका संस्थापक टण्डन र राजदूत पौडेलबीच भेटवार्ता

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणि पौडेलबीच भेटवार्ता भएको छ ।

भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि आवश्यक रणनीतिबारे छलफल भएको थियो । साथै, उत्पादनशील क्षेत्रहरु र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने बिषयमा छलफल भएको थियो ।

उक्त छलफल कार्यक्रममा पोर्चुगलमा रहेका नेपालीहरुका समस्या समाधानका लागि आफू लागि परेको र नेपाली आप्रवासीहरुको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य भैरहेको राजदूत पौडेलले बताए । उनले पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजना बनिरहेको जानकारी दिए ।

पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआईबीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो । चन्द्र टण्डन ग्लोबल बिजनेस तथा डायस्पोरा समितिका सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत समेत हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित