सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा ज्येष्ठता, कार्यसम्पादन मुल्यांकन र व्यावसायिक क्षमतालाईसमेत आधारमानी बढुवा सिफारिस गरिएको छ ।

रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा सिफारिस गरिएको हो ।

ज्येष्ठता तथा व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्याङ्कन लगायतलाई प्राथमिकतामा राखी खाली रहेको रिक्त पदमा बढुवा गरिएको र यसले सङ्गठनको बृत्तिविकास र सुरक्षा फौजको मनोबलमा हौसला वृद्धि हुने विश्वास सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले व्यक्त गरे ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिसमा दोस्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरू रहेका छन् भने उपरीक्षकमा बढुवा सिफारिस भएकाहरू तेस्रो ब्याच , सोही ब्याचका वैकल्पिक समूहमा परेका तथा चौथो ब्याच बाट ज्येष्ठता , व्यावसायिक क्षमता तथा कार्य सम्पादन मूल्याङ्कनलाई समेत आधार मानेर गरिएको छ । यस्तै सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका अधिकृतहरू ९ औँ ब्याचका रहेका छन् ।

मुख्यालयले बढुवा हुनको लागि असार ३२ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकमा १५ दिनभित्र बढुवा फारम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो ।

बढुवा मूल्याङ्कन फारामको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न समेत भनिएको थियो ।

1 https://newskhari.com/storage/2024/03/apf-halchowlk_oMkoDRsTu8.jpg 2 https://newskhari.com/storage/2024/03/apf-halchowlk_oMkoDRsTu8.jpg 3 J1KSxw4gjE https://newskhari.com/storage/2024/03/apf-halchowlk_oMkoDRsTu8.jpg 4 6kStbAHZcd https://newskhari.com/storage/2024/03/apf-halchowlk_oMkoDRsTu8.jpg 5 42ve9aU3W1 https://newskhari.com/storage/2024/03/apf-halchowlk_oMkoDRsTu8.jpg 6 gDF8tTcMFa https://newskhari.com/storage/2024/03/apf-halchowlk_oMkoDRsTu8.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित