प्रहरी ऐन संशोधनः नयाँ के थपियो ?

काठमाडौं । प्रहरी ऐन २०१२ संशोधन गरिएको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार प्रहरी ऐन २०१२ को दफा १५ को (ट) लाई संशोधन गरिएको छ ।

(ट) मा सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने र ‘स्वास्नी मानिस’ र केटाकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिब नम्रतासाथ व्यवहार गर्ने’ उल्लेख थियो । तर अहिले संशोधन गरेर ‘सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने’ बनाइएको छ ।

यसअघि ‘स्वास्नी मानिस’ उल्लेख गरिएकोमा आलोचना र गुनासो समेत हुँदै आएको थियो ।

त्यसैगरी ऐनको दफा ३६ को उपदफा (१) को खण्ड (ख) पनि संशोधन गरिएको छ । खण्ड (ख) मा रहेको ‘क्षेत्रीय’ भन्ने शब्दको सट्टा ‘प्रदेश’ भन्ने शब्द राखिएको छ । खण्ड (ख) मा ‘जिल्ला प्रहरी विशेष अदालत, क्षेत्रीय प्रहरी विशेष अदालत र प्रहरी विशेष अदालतको गठन आवश्यकता अनुसार नेपाल सरकार गृह मन्त्रालयले गर्नेछ र प्रत्येक अदालतमा न्याय सेवा अधिकृतको अध्यक्षतामा एक जना प्रहरी अधिकृतसहित तीन जना सदस्यहरु रहनेछन् र कारबाही पर्ने व्यक्ति प्रहरी अधिकृत भएमा निजभन्दा तल्लो श्रेणीको अधिकृत विशेष अदालतमा रहेन छैन’ भन्ने उल्लेख थियो । यही बुँदाको क्षेत्रीय भन्ने शब्दको ठाउँमा प्रदेश राखिएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित