स्पेन पठाएको ट्राभल्समा सीआईबीको छापा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन स्पेन पठाएको ट्राभल्समाथि ‘अपरेसन’ सुरु गरेको छ । सम्मेलनमा सहभागी हुने भन्दै नक्कली कागजात बनाएर कार्यक्रमका निम्ति स्पेन पठाएको ट्राभल्समा सीआईबीले छापा मारेको हो ।

काठमाडौंको महाराजगन्जस्थित भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा एक साताअघि छापा मारिएको सीआईबी स्रोतले जानकारी दियो ।

स्पेनको सेभियामा असार १६ देखि १९ सम्म आयोजित सम्मेलनमा सहभागी नेपालीमध्ये केही उक्त ट्राभल्समार्फत गएका खुलेको छ । सम्मेलनमा सहभागी भएर उनीहरू नेपाल नर्फिएपछि मानव तस्करीको आशंकामा देशभित्र चर्को बहस भएको थियो ।

उक्त कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली समेत स्पेन पुगेका थिए ।

गृह मन्त्रालयले स्पेन प्रकरणबारे अनुसन्धान गर्न सीआईबीका एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा समिति बनाएको थियो । समितिले उक्त ट्राभल्समा छापामा मारेको हो ।

एसएसपी बोगटीले छापा मारेको नभनेर ट्राभल्सका केही कागजात र डिभाइस नियन्त्रणमा लिइएको बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित