काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्ता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका छन्।
पार्टीको पोलिटब्युरो बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी सकृय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ उनलाई दोस्रोपटक राषट्रपति बनाइएको बताए।
बैठकमा सहभागी एक सदस्यले दिएको जानकारीअनुसार भण्डारीको सदस्यता हालसम्म नवीकरण नगरेको अध्यक्ष ओलीले बताएका छन्। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रको अराजकता रोक्नुपर्ने बताए।
‘पार्टीलाई ठूलो र संगठित हमला छझ ती सदस्यले भने, ‘यही बेला पार्टीभित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो। यो कुरा तत्काल रोकिनुपर्दछ। नरोकिए पार्टीले रोक्छ।’ प्रधानमन्त्री ओलीले राष्ट्रपति सकृय राजनीतिमा आउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको बताए।
‘दोस्रो पटक उहाँलाई पार्टीले पठाएको हो। अहिले संवैधानिक व्यवस्था अनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिएको हो, अध्यक्ष ओलीले बैठकमा भन्नुभएको कुरा सुनाउँदै ती सदस्यले भने।
सक्रिय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक रहेको उनको टिप्पणी थियो।




































