बागलुङ । बागलुङको बुर्तिबाङमा रहेको बुर्तिबाङ अस्पतालले विभिन्न पदमा २३ जना करार कर्मचारी माग गरेको छ । आज सूचना निकाल्दै अस्पताल प्रशासनले योग्यता र इच्छुकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।
सूचना अनुसार मेडिकल अधिकृत आठौं १ जना, अप्टोमेष्ट्रिष्ट सातौं १ जना, ल्याब टेक्निसियन पाँचौं तीन जना, स्टाफ नर्स पाँचौ ६ जना, हेल्थ असिस्टेन पाँचौ २ जना, रेडियोग्राफर पाँचौं डेन्टल हाइजिनिष्ट पाँचौं फार्मेसी सहायक, फिजियोथेरापी सहायक १/ १ जना त्यसै गरी हलुका सवारी चालक श्रेणी विहीन एक जना र कार्यालय सहयोगी ५ जना माग गरिएको छ ।





































