पतिपत्नी सवार मोटरसाइकलमाथि पहिरो खस्याे, पतिको मृत्यु, पत्नी घाइते

पाल्पा । पाल्पामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ। मंगलबार साँझ भएको यो घटनामा मोटरसाइकलकी पत्नी घाइते भएकी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मृत्यु हुनेमा रामपुर नगरपालिका-५ तालपोखराका ३६ वर्षीय जनक भण्डारी रहेका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। मोटरसाइकलको पछाडि सवार भण्डारीकी पत्नी २९ वर्षीया कल्पना चापागाईं घाइते भएकी छन्।

पहिरोमा गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु५१ प ६६३३ नम्बरको मोटरसाइकललाई सिद्धार्थ राजमार्गमा पर्ने तिनाउ गाउँपालिका ३ माथिल्लो सिद्धबाबा खण्डमा पहिरोमा परेको हो।

ढुंगासहितको पहिरोले लाग्दा भण्डारी दम्पती सडकबाट ३० मिटर तल खसेका थिए। घाइते कल्पनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित