काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफल भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको हो । बैठकमा रसुवामा गएको बाढी, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी थिए ।






























