बागलुङका पाँच किसान पुरस्कृत

ढोरपाटन । कृषि ज्ञान केन्द्र बागलुङले जिल्लाका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । आइतबार २२औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषकलाई जनही रु १० हजार र प्रमाणपत्रले सम्मान गरिएको केन्द्रले जनाएको छ ।

ज्ञान केन्द्रले ढोरपाटन नगरपालिका–१ भब्रेटाका चन्द्रलाल पाण्डे, बागलुङ नगरपालिका–११ का नन्दलाल जैसी, वडा नम्बर ७ का ओमराज शर्मा, वडा नम्बर ४ का तिलोचन सापकोटा र ढोरपाटन–५ का हिमाल कुमार पुनलाई सम्मान गरेको हो ।

कृषकहरुको हौसला बढाउन र कृषि पेसालाई सम्मानित बनाउन पुरस्कृत गरिएको कषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले बताए । हरेक वर्ष किसानलाई ज्ञान केन्द्रले पुरस्कृत गर्दै आएको उनको भनाइ छ ।

पुरस्कृत हुनुभएका ढोरपाटन नगरपालिका–१ का चन्द्रलाल पाण्डेले पुरस्कारले आफूलाई हौसला थपेको बताए । आफूले २० वर्षदेखि निरन्तर व्यावसायिक रुपमा तरकारी र दूध उत्पादन गर्दै आएको तर अहिलेसम्म कहीँकतैबाट पुरस्कार नपाएको उनको भनाइ छ । पाण्डेले भने, “कृषि ज्ञान केन्द्रले सबै किसानलाई अनुदान र प्राबिधिक सहयोग गर्दै आएको छ, यस वर्ष मलाई सम्मान गरेपछि थप हौसला मिलेको छ ।”

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित