उम्मेदवारी दर्ता आज र भोलि

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आज आइतबार र भोलि सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ । आयोगले ७ सय ५३ वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार कार्यालय समयभित्र उम्मेदवारको मनोनयन दर्ता हुने जनाएको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार र सोमबार दुई दिन कार्यालय समयभित्र उम्मेदवारको मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको जानकारी दिए ।

‘आयोगले दुई दिनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ, कार्यालय समयभित्र दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारको मनोनयन दर्ता गर्न सक्नेछन्,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

आयोगले शनिबार विज्ञप्तिसमेत जारी गर्दै तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्न देशभरका निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगले विज्ञप्तिमार्फत आइतबार बिहान १० बजेदेखि सोमबार अपराह्न ५ बजेसम्म कार्यालय समयमा उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।

केही निर्वाचन अधिकृतले दलगत आधारमा उम्मेदवारी दर्ता गर्नुपर्ने भनी निर्णय गरेको हल्ला फैलिएको भन्दै आयोगले त्यसरी समय नतोक्नसमेत निर्देशन दिएको छ ।

‘केही ठाँउमा गोलाप्रथा गरेर वा कुनै उपायले दलहरूलाई निश्चित समय छुट्याएको हल्ला सुनियो, हामीले त्यसरी दलगत आधारमा समय नतोक्न भनेका छौं, कार्यालय समयभित्र जुनसुकै बेलामा आएपनि मनोनयन दर्ता गर्न आयोगले निर्देशन गरिसकेको छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

आयोगले उपलब्ध गराएको समयभित्र मनोनयन दर्ता कार्यलाई सुव्यवस्थित शान्तिपूर्ण ढंगले सम्पन्न हुने गरी सहयोग पु¥याउन तथा कानुनबमोजिम योग्यता पुगेका सबै नागरिकलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकारमाथि कहीँकतैबाट अवरोध आउन नदिन सम्बन्धित सबैलाई आग्रहसमेत गरेको छ ।

आयोगले विगतको स्थानीय तहको निर्वाचनमा एक दिन मात्र उम्मेदवारको मनोनयनका लागि समय राख्दा असहज अवस्था बनेका कारण यसपटक दुई दिनका लागि उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको पनि प्रस्ट पारेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित