बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाले ५२ करोड २४ लाख २१ हजर आठ सय ५२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १६ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरद्वारा प्रस्तुत बजेटमा ७ वटा वडाहरूलाई २ करोड ५९ लाख ८९ हजार विनियोजन गरिएको छ ।
जसमा वडा नम्बर १ लाई ३८ लाख ७१ हजार, वडा नम्बर २ मा ३५ लाख ११ हजार, वडा नम्बर ३ का लागि ३५ लाख ६८ हजार, वडा नम्बर ४ का लागि ३० लाख ८२ हजार, वडा नम्बर ५ का लागि ४१ लाख १९ हजार, वडा नम्बर ६का लागि ४५ लाख १९ हजार र वडा नम्बर ७ का लागि ३२ लाख ८४ हजार रकम विनियोजन गरिएको छ ।


































