आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद्मा तानिए

काठमाडौं । रौतहटको राजापुर बम काण्डमा नेपाली कांग्रेसका नेता अफ्ताब आलमलाई सफाइ दिएका उच्च अदालत जनकपुरको अस्थायी वीरगन्ज इजलासका दुई न्यायाधीशहरू तानिएका छन्।

बुधबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनलाई न्याय परिषदमा तानेको हो। जेठ १४ गते न्यायाधीशहरू थारू र महर्जनको इजलासले आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको थियो।

आलमसँगै उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका हुन्। जिल्ला अदालत रौतहटले उनीहरू चारै जनालाई २०८१ वैशाख १३ गते जन्‍मकैदको फैला गरेको थियो। उक्त फैसला गरेको भन्दै दुई न्यायाधीशविरूद्ध न्याय परिषदमा उजुरी समेत परेको थियो।

न्यायाधीशहरू थारू र महर्जनले आलमलाई सफाइ दिएको भन्दै नेकपा बहुमतका कार्यकर्ताहरू इजलासमै पुगेर दुर्व्यवहार समेत गरेका थिए। दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ समेत परेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित