बागमतीका निलम्बित मेयर थापालाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमतीका निलम्बित मेयर भरत थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बुधबार सम्पत्ति शुद्धिकरणको मुद्दामा थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

अख्तियारले २०८२ जेठ ३ गते बागमतीका निलम्बित मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तान, मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित ८ जनाविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा ५६ करोड ७१ लाख रुपैयाँको मुद्दा दायर गरेको थियो ।

निलम्बित मेयर थापाविरुद्ध अख्तियारले विशेषमा दायर गरेको यो तेस्रो मुद्दा थियो । उक्त मुद्दामा विशेषले गरेको म्याद तामेलीपछि थापा बुधबार अदालतमा उपस्थित भएका थिए । थुनछेक बहसपछि विशेषले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

उनीविरुद्ध योसहित अन्य दुई मुद्दा विशेषमा विचाराधीन अवस्थामा छन् । थापाविरुद्ध जिल्ला अदालत सर्लाहीमा पनि वन मुद्दा दायर भएकोमा सोमबार जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित