काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा माग गर्दै आइरहेका छन्।
उनीहरूले जेठ १३ गतेदेखि यता लगातार यही विषयमा सदनमा विरोध गर्दै आइरहेका छन्। गत बिहीबारसम्म प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले पनि सोही माग राख्दै आएको थियो तर शुक्रबार माओवादीले कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गर्दै सदन सञ्चालनमा अवरोध बन्द गरेको थियो।



































