विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन

काठमाडौं । भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री एवं भाजपा परिवारका वरिष्ठ सदस्य विजय रुपाणीको निधन भएको छ।

भाजपा सांसद संबित पात्राले सामाजिक सञ्जाल एक्समार्फत विजय रुपाणीको निधनमा शोक व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘अहमदाबादमा भएको दुर्भाग्यपूर्ण विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री तथा भाजपा परिवारका वरिष्ठ सदस्य विजय रुपाणीजीको दुस्खद मृत्युको खबर अत्यन्तै पीडादायी र हृदयविदारक छ। उनको निधन गुजरातका लागि मात्र नभई सम्पूर्ण भारतीय राजनीतिको लागि अपूरणीय क्षति हो।’

भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान अहमदावादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ नजिकै बिहीबार दिउँसो १:३८ बजेतिर खसेको हो।

उक्त हवाईजहाजमा चालक दलका १२ जना सदस्यसहित २४२ जना सवार थिए। अहिलेसम्म दुर्घटनास्थलमा २०४ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित