संसद् बैठक बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित

फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठक निर्धारित समयमा बस्न सकेन । शुरूमा सूचना टाँस गरेर ३ः१५ बजेलाई सारिएको बैठक सभामुखले ढिलागरी शुरू गरेका थिए । तर, विपक्षीहरूको अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन । सभामुख देवराज घिमिरेले पटक पटक बैठक सञ्चालनको वातावरण बनाउन भने पनि विपक्षी तयार नभएपछि उनले बिहीबार दिउँसो ३ बजेका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाले विपक्षी दलको निरन्तरको अवरोध झेलिरहेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै विपक्षी दलले जेठ १३ देखि संसद्‌मा अवरोध कायम राखेका छन् ।

सत्तारुढ नेकपा एमाले र कांग्रेसले भने गृहमन्त्रीमाथि छानबिन आवश्यक नभएको बताउँदै आएका छन् ।

पछिल्लो समय विपक्षी दल गृहमन्त्रीको राजीनामाको अडान छाडेर उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने प्रस्तावमा पुगेका छन् । तर, यसमा पनि विपक्षी र सत्तारूढ दलबीच सहमति जुट्न सकेको छैन ।

जेठ १३ गतेदेखि अवरोध गरेका विपक्षी दलले १५ गते बजेट ल्याउन दिए पनि त्यसपछिका बैठक अवरुद्ध गर्दै आएका छन् । संसद् बैठक अवरुद्ध हुँदा नयाँ बजेटमाथिको छलफल अलपत्र बनेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित