प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखसहित प्रमुखसचेतकहरुको बैठक

काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । सङ्घीय संसद् भवन नयाँ वानेश्वर परिसरमा भएको बैठकमा प्रतिनिधिसभाको गतिरोध खुलाउने विषयमा छलफल भइरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सहमतिका लागि चरणबद्ध छलफल भइरहे पनि अहिलेसम्म सहमति जुटिनसकेको उनले बताए ।

बैठकमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि दलहरुबीच सहमति जुट्न नसक्दा सुरु हुन सकेको छैन । प्रतिनिधिसभाको अवरोध खुलाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच निरन्तर प्रयास भइरहेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित