सिमराका डिएसपी शुभद्रा वाइबाको पाँच महिनामै जिम्मेवारी खोसियो

काठमाडौं । इलाका प्रहरी कार्यालय सिमरा बाराकी प्रमुख एवं डिएसपी शुभद्रा वाइबा प्रहरी प्रधान कार्यालय नक्साल तानिएकी छन्।

प्रधान कार्यालयले विभागीय आवश्यकताअनुसार उनको सरूवा गरेको जनाएको छ। ‘विभागीय आवश्यकता अनुसार संगठनले उहाँलाई फिर्ता बोलाउने निर्णय गरेको हो। संगठनले चाह्यो भने कार्यदक्षता अनुसार फिर्ता बोलाउन सक्छ। के हो हामी हेर्छौं,’ प्रवक्ता एवं एसएसपी रमेश थापाले भने।

उनको सट्टामा जिल्ला प्रहरी कार्यालय मोरङबाट वेद जोशीलाई पठाइएको छ। डिएसपी वाइबाको पाँच महिनामै जिम्मेवारी खोसिएको हो।

प्रहरी स्रोतका अनुसार वाइबा र जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंबीच भएको विवादका कारण सरूवा भएको हो।

इलाका प्रहरी कार्यालय सिमरालाई जितपुर सिमरा उपमहानगरपालिकाले सहयोगस्वरूप तेलको कुपन दिने गरेको थियो।

तर गत आइतबार डिएसपी वाइबाले उपमहानगरपालिकामा पुगेर प्रशासकीय अधिकृत प्रसाईंको अगाडि कुपन च्यातेको आरोप लागेको हो।

यता प्रसाईंले पनि डिएसपी वाइबालाई प्रमुख जिल्ला अधिकारीलाई भनेर सरूवा गरिदिने चेतावनी दिएको आरोप छ।

‘आइतबार आएर उहाँले तेलको कुपन च्यात्नुभएको थियो। कार्यशैली ठिक भएन भनेको थिएँ। जिल्ला प्रशासन कार्यालयमा यसबारे जानकारी गराएको थिएँ,’ प्रसाईंले भने, ‘सरूवा हुनुको कारण यही मात्रै त नहोला।’

उनले आफूले सरूवा गरिदिने चेतावनी नदिएको पनि बताए। डिएसपी वाइबा केही समयअघि तोकिएको समयभन्दा पनि ढिलासम्म महोत्वसमा कार्यक्रम सञ्चालन गर्दा आफैं गएर स्टेजबाट गायकको माइक खोस्दा पनि चर्चामा आएकी थिइन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित