बाढीले सडक बगाउँदा कोसी राजमार्ग अवरुद्ध

काठमाडौं । कोसी प्रदेशको पहाडी क्षेत्रहरुमा भइरहेको अविरल वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोसी राजमार्ग अवरुद्ध भएको छ ।

लेउती खोलामा आएको बाढीले सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

निमित्त प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार धनकुटाकै साँगुरीगढी गाउँपालिका–६ फेदीनजिकै करिब १०० मिटर कालोपत्रे सडक लेउतीको बाढीले बगाएको छ ‌। उक्त क्षेत्रमा यातायात अवरुद्ध बनेको छ ।

सोही राजमार्गको धनकुटा सांगुरिगढी–६ नमस्ते झरना आसपास रुख लडेर सडक अवरुद्ध भएको थियो । तर, अहिले हटाइएको प्रहरीले बताएको छ ।

तमोर करिडोको छरुवा खोलमामा बाढी आउँदा धनकुटाको चौबिसे गाउँपालिका– ४ स्थित सडक खण्ड पनि अवरुद्ध बनेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित