बढुवा भएका ११ जना डीआईजीको पदस्थापन, को-कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदस्थापन गरेको छ ।​

सूचीअनुसार डीआईजी सुदर्शन कोइरालालाई प्रहरीको विशेष ब्यूरो, विनोद घिमिरेलाई प्रहरी महानिरीक्षकको सचिवालय, दीपेन्द्र घर्ती क्षेत्री (जिसी)लाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपक रेग्मीलाई अन्वेषण योजना निर्देशनालयमा पदस्थापन गरिएको छ ।​

झण्डै तीन महिनादेखि खाली रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयमा माधवप्रसाद श्रेष्ठलाई पदस्थापन गरिएको छ ।

कर्णाली प्रदेश जान नमानेका डीआईजी हिमालय श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

यस्तै, डीआईजी दिलीपसिंह देउवालाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय, दीपककुमार बस्नेतलाई प्रदेश प्रहरी समन्वय विभाग, ओमबहादुर रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा
पठाइएको छ ।राना यसअघि एसएसपी हुँदा आयोगमै कार्यरत थिए ।

डीआईजी जयराज सापकोटालाई कार्य विभागको कार्य निर्देशनालय र सञ्जीव दास शर्मालाई अपराध अनुसन्धान विभाग निर्देशनालयमा पदस्थापन गरिएको छ ।

डीआईजी सुरेन्द्रबहादुर गुरुङलाई साइबर ब्यूरोमा सरुवा गरिए पनि त्यहाँ अर्का डीआईजी रहेकाले उनलाई कार्य विभागमा काज सरुवा गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित