सरकारले गर्‍यो १० सचिवको सरुवा, को-कहाँ ?

काठमाडौं । सरकारले १० जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को गएराति (जेठ १२) को बैठकले १० जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार डा रामप्रसाद घिमिरेलाई उद्योग मन्त्रालय, किरणराज शर्मालाई लोक सेवा आयोगमा, हरिप्रसाद मैनालीलाई पर्यटन मन्त्रालय र डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।

त्यसैगरी शिक्षा सचिव दीपक काफ्लेलाई राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालयका चूडामणि पौडेललाई शिक्षा मन्त्रालयमा, गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालय र शोभाकान्त पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा सरुवा गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित