डेरामा मृत भेटिइन् रोशनी शाही

काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेकी स्वास्थ्यकर्मी रोशनी शाही भक्तपुरमा मृत फेला परेकी छन् ।

श्रीमान् घरबाहिर भएको बेला उनी डेरा गरी बस्ने भक्तपुरको सूर्यविनायक २ वृहस्पतिमार्गको घरमा मृत फेला परेकी हुन् । डेरामै रहेका श्रीमान् काम विशेषले कोठाबाहिर निस्किएका थिए । फर्किंदा भित्रबाट ढोका लागेको थियो । धेरै समय ढक्ढक्याउँदा पनि ढोका खुलेन ।

प्रहरी वृत्त, थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार स्थानीय जनप्रतिनिधिको रोहवरमा ढोका फोडेर हेर्दा उनी भुँइँमा लडेकी थिइन् । त्यसबेलासम्म उनको श्वासप्रश्वास बन्द भइसकेको थियो ।

शरीरमा कुनै पनि घाउचोट नभएको डीएसपी ढुंगानाले बताए । अत्यधिक मात्रामा औषधि सेवन गरी मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।

२०७६ असोज १२ गते साँझको समयमा तत्कालीन सभामुख कृष्णबहादुर महरा उनी बस्नेत तीनकुनेस्थित डेरामा जाँदा झगडा भएको थियो । त्यसक्रममा महराको चस्मा फुटेको थियो ।

रोशनी संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी थिइन् ।

सोही घटनालाई लिएर उनले महराविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेकी थिइन् ।

महराले जबर्जस्ती करणीको प्रयास गर्दा आफूले प्रतिकार गरेको भन्दै उनले आफूलाई निर्घात कुटपिट गरेपछि कराएकोमा कोठाबाट भागेको जाहेरी दिएकी थिइन् ।
उक्त मुद्दामा महरालाई काठमाडौं जिल्ला अदालतले २०७६ फागुन ५ गते प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित