काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरका प्रवक्ता रहेका वडा न. १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेको पाइएको छ। उनलाई जेठ ८ गते स्पष्टीकरण सोधिएको हो। ७ दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनिएको समेत उनले बताए।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले स्पष्टीकरण सोधेको २ दिनपछि बालेन सचिवालयले मानन्धरलाई स्पष्टीकरण सोधेको हो।
पाण्डेलाई जेठ ६ गते ‘अनुशासनहीन आचरण’ गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो। त्यसको काउन्टरमा बालेनले पनि महानगरका प्रवक्ता मानान्धरलाई स्पष्टीकरण सोधेका हुन्।
पछिल्लो समय महानगरका मेयर र अन्य जनप्रतिधि तथा प्रमुख प्रशासकीय अधिकृत गुरागाँईबीचको विवाद चुलिएको छ।
मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत गुरागाँईलाई महानगरमा फर्काउने पक्षमा नरहेका बेला उपमेयर सुनिता डंगोलको नेतृत्वमा वडाध्यक्षहरुले उनलाई पुर्नबाहली गरेका थिए।
त्यसबाट रिसाएका बालेनले विभिन्न वडाध्यको जिम्मेवारी खोसेका थिए। त्यस्तै ३ जना वडाध्यक्षले बालेनले दिएको नयाँ जिम्मेवारी लिन अस्वीकार गरेका थिए।


































