काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिएको जिम्मेवारीलाई ३ जना वडाध्यक्षले अस्वीकार गरेका छन् ।
कार्यपालिकाले निर्णय नगरेको भन्दै उनीहरूले जिम्मेवारी लिन अस्वीकार गरेका हुन् । मेयरलाई संयुक्त निवेदन दिँदै उनीहरूले विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा उपयुक्त नदेखिने बताएका छन् ।
बालेनले सुशासन समितिको संयोजक तोकेका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समिति संयोजक तोकिएका वडाध्यक्ष २४ का अध्यक्ष विनोद राजभण्डारीले जिम्मेवारीमा बस्न अस्वीकार गरेका हुन् । ३ जनाले सामूहिक निवेदनको बोधार्थ उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृतलाई दिएका छ्न् ।

































