मधेशका पूर्वमन्त्री, नगरप्रमुखसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विजय कुमार पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटोजस्ता वन पैदावार गैरकानुनी रुपमा उत्खनन गरी बनेको खाल्डोमा माछापोखरी निर्माणको नाममा भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ । संघीय सरकार, प्रदेश सरकारसमेतको करोडौं रकमबाट गैरकानुनी तवरमा पोखरी समेतका संरचना निर्माण गरी सरकारी सम्पत्ति हानिनोक्सानि गरेको अभियोगपत्रमा उल्लेख छ ।

५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ हानिनोक्सानी र दुरुपयोग गरे गराएको ठहर गर्दै सोही बमोजिमको सजायको मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित