सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको, अन्यको कति ?

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारका कार्यालयहरूमध्ये सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ।

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार अर्थ मन्त्रालयको बेरुजु सबै मन्त्रालयमध्ये सबैभन्दा उच्च ७०.६१ प्रतिशत पुगेको छ । मन्त्रालयमा जम्मा ३३ अर्ब ७१ करोड १७ लाख रुपैयाँ बेरुजु देखिएको हो ।

बेरुजुको परिमाणका आधारमा दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ, जसको बेरुजु १३.४८ प्रतिशत रहेको छ । सो मन्त्रालयमा ६ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अन्य मन्त्रालयहरूमध्ये रक्षा मन्त्रालयमा ३.५० प्रतिशत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ३.१६ प्रतिशत र परराष्ट्र मन्त्रालयमा २.२१ प्रतिशत बेरुजु रहेको उल्लेख गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित