काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू-भागमा बदली रहनेछ । कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही र बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।
त्यस्तै उच्च-पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत आउन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।





































