श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

काठमाडौं । पोखरामा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् ।

सोमबार दिउँसो पोखरा महानगरपालिका–१७ विरौटास्थित आयुर्वेद पथमा यो घटना भएको प्रहरीले जनाएको छ । श्रीमान्–श्रीमती अचेत रहेको जानकारी आएपछि प्रहरीले दुवै जनालाई उद्धार गरेर गण्डकी मेडिकल कलेज पुर्‍याएको थियो । अस्पताल पुर्‍याउने वित्तिकै ३७ वर्षीया देवी पराजुली बराललाई डाक्टरले मृत घोषणा गरेका थिए ।

आज मंगलबार ५७ वर्षीय ऋषिराम बराललाई चिकित्सकले मृत घोषणा गरेको हुन् । उनीहरू श्रीमान्–श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले बताए ।

घटनास्थलबाट प्रहरीले विषको खाली बट्टा र चक्कु समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद भएपछि श्रीमतीको हत्या गरेर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित