बस दुर्घटना हुँदा एकको मुत्यु, १४ जना घाइते

टक्सार । धरानबाट धनकुटा आउँदै गरेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । आज विहान १०ः१५ बजेतिर धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

घाइतेमध्ये धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । अन्य घाइतेमा भोजपुरको षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा–१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा रहेका छन् ।

साथै भोजपुर नगरपालिका–११ का सविना बराइली, सोही ठाउँका देवी टविक, धनकुटाको साँगुरीगढी गापा–६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका–११ कापुर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ का लिलाबहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी गाउँपालिका–६ का दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार विक पनि घाइने भएको प्रहरीले उल्लेख गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित