घुससहित पक्राउ परेका सई खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (सई) खिमबहादुर खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत खड्काविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सई खड्का सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँसहित पक्राउ परेका थिए ।

भारतबाट रुपन्देहीको दुर्गौलिया नाका हुँदै अवैधरूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै खड्काले ​सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो ।

उक्त उजुरीका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले खड्कालाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

आयोगले ३० हजार रुपैयाँ कायम गरेर बिगो बमोजिम जरिवाना र कैद सजायको माग दाबी गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित