शिक्षक आन्दोलनका क्रममा घाइते भएकी बागलुङकी थापालाई ३० हजार आर्थिक सहयोग

काठमाडौं । शिक्षक महासंघको आन्दोलनका क्रममा सडक दुर्घटनामा परी घाइते भएकी बागलुङ नगरपालिका -१० भकुण्डेकी त्रिकला थापालाई आन्दोलन परिचालन समिति बागलुङले आर्थिक सहयोग गरेको छ । सोमबार उपचाररत थापालाई राष्ट्रिय ट्रमा सेन्टरमा पुगी परिचालन समितिले ३० हजार आर्थिक सहयोग गरेको हो ।

शिक्षक आन्दोलनका क्रममा गत हप्ता सडक दुर्घटनामा परी घाइते भएकी थापा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छिन् । आन्दोलनमा उपस्थित शिक्षक एवम् कर्मचारीहरुबाट रकम संकलन गरी घाइते थापालाई सहयोग गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा एकीकृत अखिल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष झपेन्द्र क्षेत्री, नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष कृष्ण भट्टराई, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल र अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष हरि पौडेललगायतको उपस्थिति रहेकाे थियाे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित