काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।
बिहीबार प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।




































